Thanapati

Nepal / Dolakha / Bhimeshwar /
 Upload a photo

Shree Thanapati Mamadevki jaya
Nearby cities:
  27°27'36"N   86°1'9"E :विन्दुहरु

Comments

  • रामेछाप जिल्लाको पुरानोगाँउ गा०वि०स० वडा नं० ९ मा अवस्थित श्री थानापति महादेवस्थान पूर्वि नेपालको हलेसी महादेव पछिको दोस्रो लोकप्रिय महादेवको मन्दिर हो । भौगोलिक बिकटताको तथा प्रचार प्रशारको कमीको कारण छायाँमा परेको यस महादेवस्थानमा प्रत्येक बर्षको तीज तथा ठूलो एकादशीमा ठूलो मेला लाग्दछ । यी पर्वहरुमा रामेछाप मात्रै नभएर छिमेकी सिन्धुली र दोलखाबाट समेत हजारौको संख्यामा धर्मालम्बीहरु आउने गर्दछन । थानापति बैरा महादेवको नामले परिचित यस महादेवस्थानमा पुगेर वर माग्ने जो कोही व्यक्तिले मागेका मनोकामना महादेवले पुरा गरिदिने जन विश्वास रहेको छ । पहाडको टाकुरामा पर्ने यस महादेवस्थान पुग्ने दुई वटा प्रमुख बाटाहरु रहेको छन जस मध्ये सबैभन्दा सजिलो बाटो काठमाडौको पुरानो वसपार्कबाट अरनिको यातायातको सुपर वसको टिकट लिएर रामेछाप जिल्लाको पोखरी डाँडा भन्ने स्थानमा झरेर झण्डै एक घण्टाको ओरालो तथा तेर्सोबाटो पार गरेपश्चात यस महादेवस्थानमा पुग्न सकिन्छ भने अर्कोबाटो सदरमुकाम मन्थलीबाट ५ घण्टाको पैदल यात्रा पश्चाथ यस महादेवस्थानमा पुग्न सकिन्छ । यहाँको प्राकृतिक सौन्दर्यको बखान गरी साध्यनै हुंदैन एकातिर महादेवको दर्शनबाट पाइने आत्मसन्तुष्ठी अर्कोतिर पहाडका नागवेली दृश्यहरुको अवलोकन । गाँउका लागि केही गरौं भन्ने व्यक्तिहरुको सदरमुकाम मन्थली र काठमाडौ लगायतका स्थानहरुमा पलायन तथा स्थानीय निकायको लापरवाहीको कारण जति चर्चा पाउनु पर्ने हो पाउन सकेको छैन यस स्थानले तर पछिल्ला दिनहरुमा काठमाडौ विश्वविद्यालयका उपकुलपति डा० सुरेशराज शर्मा जगदिश घिमिरे र ईन्जिनियर महेन्द्र बहादुर कार्की लगायतका व्यक्तित्वहरुको आखाँ परेको छ यस स्थानमा त्यसैले पनि आगामी दिनमा केही होला भन्ने आधारस्तम्भ देखिएको छ । राजधानी काठमाडौको तारे होटेलमा वसेर पर्यटन बर्षको नाममा सिद्बिएको लाखौ रुपैंयाहरु यी र यस्तै चर्चित भएरपनि पिछडिएका ठाउँहरुमा लगाउन सके देशले मुहार मात्र होइन पर्यटन बर्षको लक्ष्य पुरा हुने थियो कि ।
  •  16 किमि
  •  24 किमि
  •  27 किमि
  •  36 किमि
  •  87 किमि
  •  91 किमि
  •  136 किमि
  •  139 किमि
  •  151 किमि
  •  154 किमि
This article was last modified 16 बर्ष आगाडी