Rukumkot

Nepal / Dang Deokhuri / Tulsipur / Rukumkot
 विद्यालय  Add category
 Upload a photo

नेपालको मध्य-पश्चिम क्षेत्रमा पर्ने राप्ति अंचल को रुकुम जिल्ला को सदरमुकम देखि १० कोश पूर्वमा पर्ने एउटा रमणिय गाऊ को नाम हो रुकुमकोट । नेपालको राजधानि काठमान्डौ देखि करिब ३५० किलोमिटर पश्चिममा पर्ने रुकुमको सदरमुकाम मुसिकोट देखि पूर्वमा अवस्थित यस ठाउ प्राकृतिक सुन्दरताले भरिपूर्न भयको ठाउको रुपमा लीइन्छ। रुकुमकोट, रुकुम जिल्लाको शोभा गा.बि.स अन्तरगत पर्दछ । चारैतिर पहाडले घेरिएको रमणिय उपत्यका रुकुमकोट २०३० सालसम्ममा रुकुम जिल्लाको सदरमुकाम थियो । [बाउन्न पोखरी त्रिपन्न टाकुरि]को नामले प्रसिद्ध रुकुमकोट मा हेर्नलायक पर्यटकिय सम्भाबना रहेका ठाउहरु:

१.रुक्मिणी ताल :बाउन्न पोखरी त्रिपन्न टाकुरीका नामले परिचित रुकुम जिल्लाका विभिन्न तालहरुमध्ये कमल ताल संरक्षणको अभावमा ओझेलमा परेको छ। धार्मिक तथा पर्यटकीय महत्व बोकेको तालको संरक्षणका लागि कुनै प्रयास नभएपछि ताल लोप हुने अवस्थमा पुगेको छ। ताल उत्पत्तिका विषयमा कुनै ठोस प्रमाण नभेटिए पनि धार्मिक तथा पर्यटकीय महत्व बोकेको यो तालमा बर्षेनी शिवरात्री, चैत्रे दशैं, हरितालिका तिज, बडादशैंमा भब्य मेला लाग्ने गर्दछ। तालमा नुहाएमा विभिन्न रोगहरु निको हुने जनविश्वास रहेको पाइन्छ। तालको संरक्षणसँग प्रचार प्रसार भएमा राम्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने स्थानीय व्यवसायीहरु बताउँछन् । स्थानिय भाषामा कमल दह पनि भन्ने गरिन्छ। रुकुमकोट को बाहुन्थाना मा अवस्थित यो ताल नेपालको नक्शा जस्तो देखिन्छ। यसको क्षेत्रफल १.९५ वर्ग कि.मी.छ । यहाँ नुहाउदा पाप नाश हुन्छ भन्ने धार्मिक किम्बदन्ति अनुशार माघे सक्रान्तिमा तिर्थयात्रिहरु आएर नुहाउने चलन् छ । यो ताल सुन्दर र मनमोहक हुनुकासाथै नेपालमा पाईने कमल मध्ये सबैभन्दा राम्रो कमल पाईन्छ । प्राय चैत बैशाख महिनामा यस ताल बाट कमल निकाल्ने गरिन्छ,जुनबाट अचार या तरकारि बनाइन्छ त्यसबाहेक यसलाई कमलपित्त या अन्य रोगको उपचार को लागि पनि प्रयोग गरिन्छ। अनि असार,साउन र भदौ तिर तालले माला भिरेझै देखिने कमलको हरियो पात अनि त्यसमथि फुलेको कमलको फुलले रुकुमकोटमा लाग्ने तिज् मेलामा अर्कै रौनक थपेको हुन्छ।

२.शिवालय(शिवजिको मन्दिर):शोभा गा.बि.स.अन्तरगत रुकुमकोटमा रहेको रुक्मिणी ताल(कमल दह)को उत्तर छेउमा अवस्थित यो मन्दिर स्थानिय बुद्धिजिबी मणीराम गौतमका अनुशार राणाकालमा बनाईयको हो । हरेक बर्ष शिवरात्रिको बेला म ठुलो मेला लाग्ने गर्दछ ।

३.सिस्ने हिमाल :रुकुमको उत्तरी सिमानामा अवस्थित रमणिय एबम् सुन्दर हिमालको नाम हो सिस्ने हिमाल । यसलाई स्थानिय भाषामा मुर्कट्टा हिमाल पनि भनिन्छ । यो कान्जिरोवा हिम श्रीङ्खला अन्तर्गत पर्दछ । यसको उचाई ५,८४१मि.छ । रुकुमकोटलाई वरिपरि बाट सर्प झै डा॑डा॑ले घेरेको छ त्यसैले पहिले रुकुमकोटको नाम सर्पकोट थीयो पनि भन्ने गरिन्छ। मैदान डा॑डा॑ बाट सिस्ने हिमाल को अबलोकन गर्न सकिन्छ। यस हिमालमा आजसम्म कोहि पनि नचढेको हुंदा यसलाई कन्या हिमाल पनि भनिन्छ।

४.देउरालि गुफा :स्थानिय भाषामा देउरालि ओडार पनि भनिने यो गुफा रुकुमकोट देखि पूर्बमा रुमगाड नदि(लुकुम गाड)को किनारम अवस्थित छ। सांघुरो प्रवेशद्वारबाट भित्र पस्यो भने बिशाल भवन भित्र प्रवेश गरेको अनुभव हुन्छ। गुफा भित्र प्राकृतिक रुपमा बनेका मानिसका बिभिन्न दैनिक क्रियाकलाप या बिभिन्न देवि देवताका मूर्तिहरु हेर्न सकिन्छ,प्राकृतिक रुपमा बनेका यि मुर्तिहरु कसरी बनेका होलान एउटा अनौठो अनुभव हुन्छ। रुकुमकोटबाट त्यहां पुग्न लगभग ४०/५० मिनेट पैदल लाग्छ। यो गुफा पर्यटकिय हिसाबले महत्वपूर्ण मानिन्छ ।
५.कमल दह ब्रहाजि को मन्दिर
Nearby cities:
  28°36'48"N   82°36'55"E :विन्दुहरु
  •  126 किमि
  •  142 किमि
  •  174 किमि
  •  224 किमि
  •  278 किमि
  •  280 किमि
  •  319 किमि
  •  322 किमि
  •  329 किमि
  •  354 किमि
This article was last modified 17 बर्ष आगाडी